अफगानिस्तानमा खुट्टा गुमाएका हरिबहादुर भन्छन्, ‘मलाई प्राविधिक रूपमा सगरमाथा चढ्न सजिलो छ’
रोल्पामा जन्मेका भूतपूर्व ब्रिटिश गोर्खा सैनिक हरिबहादुर बुढा मगर कृत्रिम खुट्टाको सहयोगमा यस पटक विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्दै छन्।
सन् १९९९ मा ब्रिटिस गोर्खा सेनामा भर्ती भएका मगरले सन् २०१० मा अफगानिस्तानमा तालिबानको एम्बुसमा परेर दुवै खुट्टाका घुँडा र घुँडामुनिको भाग गुमाएका थिए।
सन् २०१७मा दृष्टिविहीन र दुवै हात वा खुट्टा नभएका आरोहीलाई सरकारद्वारा लगाइएको प्रतिबन्ध हाल हटेको छ।
कानुनी वाधा, आर्थिक सङ्कलन तथा शारीरिक तयारीमा झन्डै पाँच वर्ष खर्चेको बताउने उनी मौसम अनुकूलनताका लागि केही समय अगावै आधार शिविर तर्फ प्रस्थान गरेका छन्।
बुढा मगरका अनुसार करिब १६ जना भन्दा बढी सदस्य रहने उनको आरोहण दलमा आठ जना शेर्पा रहनेछन् जसमध्ये सबैले कम्तीमा एक पटक सगरमाथा चढिसकेका छन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।