सगरमाथा आरोहणः बुबाको अनुभव र छोराको आत्मबलले दिलाएको सफलता

भिडिओ क्याप्शन सुरु हुँदैछ, सगरमाथामा बुबाको अनुभव र छोराको आत्मबलले दिलाएको सफलता

ताप्लेजुङको मैवाखोलाका पूर्णकुमार (पीके) शेर्पा र उनका १७ वर्षीय छोरा सोनाम शेर्पाले यस पटक सँगसँगै सर्वोच्च शिखर सगरमाथाको आरोहण गरे।

मौसमको प्रतिकूलता र कोभिड महामारीको त्रासबीच सगरमाथाको आरोहण गरेका उनीहरूले भने, "मौसमले दुःख दिइरह्यो, हामीले एक अर्कालाई साथ दिइरह्यौँ र सफल भयौँ।"

जलवायु परिवर्तनका कारण हिमालको हिउँ पग्लिँदै गर्दा उनीहरूले त्यसविरुद्ध सन्देश फैलाउन बाँकी छ महादेशका अग्ला हिमाल पनि चढ्ने अठोट गरेका छन्।

उनीहरूको सगरमाथा यात्रा हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओमा।

अनि यो पनि