जाङ्बु शेर्पा: कोरोनाभाइरस सङ्क्रमणमुक्त भएपछि सगरमाथा शिखरमा

भिडिओ क्याप्शन सुरु हुँदैछ, जाङबु शेर्पा: कोरोनाभाइरस सङ्क्रमणमुक्त भएपछि सगरमाथा शिखरमा

बहराइनको सगरमाथा आरोहण टोलीका कीर्तिमानी आरोही जाङ्बु शेर्पा सत्रौँ पटक सगरमाथा शिखरमा पाइला राख्न सफल भए।

तर अन्य आरोहणभन्दा यो विशेष रह्यो किनभने कोरोनाभाइरस सङ्क्रमणले झन्डै उनको योजना बिथोलेको थियो।

सगरमाथा आधार शिविरमै कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि उपचारका लागि काठमाण्डू ल्याइएका शेर्पा दुई सातामै सङ्क्रमणमुक्त भई फर्केर सगरमाथा शिखरमा पुगेका हुन्।

आत्मबलका कारण आफू छिटो निको भएर सगरमाथा आरोहण गर्न सकेको बताउने उनले आफू सगरमाथा पुग्दा सपना जस्तो लागेको बताए।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओमा।