डीआर कङ्गोः सुनखानी भत्किएपछि खाली हातले माटो फालेर नौ जनाको उद्धार

डीआर कङ्गोमा ठूलो वर्षा भएपछि एउटा सुनखानी भत्किँदा त्यहाँ नौजना श्रमिक फसे। तर उनीहरूको नाटकीय उद्धार भयो।

उक्त कहालीलाग्दो दुर्घटनामा परेका उनीहरू कालको मुखबाट जोगिए।

उनीहरूलाई बाहिर निकाल्न एक व्यक्तिले खानीको साँघुरो प्रवेशद्वारमा थुप्रिएको माटो खाली हातले हटाएको भिडिओ सार्वजनिक भएको छ।

पहिरो गइरहेको र माथिबाट माटो खसिरहेको बेला भित्रबाट घस्रिँदै आएर श्रमिकहरू खानीको मुखबाट फुत्तफुत्त बाहिर निस्किएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि