होली: काठमाण्डूमा आनन्दकुमार गुप्ता र वीरगञ्जमा प्रेरणा श्रेष्ठले मनाएको होली

भिडिओ क्याप्शन सुरु हुँदैछ, होली: काठमाण्डूमा आनन्दकुमार गुप्ता र वीरगञ्जमा प्रेरणा श्रेष्ठले मनाएको होली

हिजो नेपालको पहाडी र हिमाली क्षेत्रमा रङ्ग खेलेर मनाइएको फागु पर्व अर्थात् होली तराईमा आज मनाइँदैछ।

पर्साका आनन्दकुमार गुप्ताले काठमाण्डूमा फागु मनाउन थालेको २० वर्ष भयो भने भक्तपुरकी प्रेरणा श्रेष्ठले वीरगञ्जमा होली मनाउन थालेको १३ वर्ष भइसकेको छ।

उनीहरूले फरक पृष्ठभूमिमा यस पर्व मनाए पनि उमङ्ग भने उस्तै रहेको बताएका छन्।

असत्यमाथि सत्यको जित र हर्षोल्लास अनि वसन्त ऋतुको उमङ्गमा यो पर्व मनाउने गरिन्छ।

यो पर्व विभिन्न स्थान र परिवेश विशेषमा फरकफरक ढङ्गले मनाइन्छ।

कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि: