तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सिरिया भूकम्पः सालनालसहित फेला परेकी टुहुरी बालिकालाई आफन्तले पाल्न थाले
सिरियामा भूकम्पले भत्किएको एउटा घरको भग्नावशेषमा आमा र अन्य आफन्तको शवसँगै सालनालसहित फेला परेकी एक बालिकालाई उनका आफन्तले धर्मपुत्री बनाएका छन्।
ती बालिकालाई जीवितै उद्धार गरिएको दृश्य र समाचारले विश्वभरि ठूलो चर्चा पाएको थियो। त्यसपछि उनलाई पाल्ने इच्छा विश्वभरिका हजारौँ मानिसले व्यक्त गरेका थिए।
परिवारका सबै सदस्यको मृत्यु भएको तर उनी जीवित फेला परेको हुनाले अधिकारीहरूले उनको नाम सुरुमा 'अया' राखिदिएका थिए। अरबी भाषामा त्यसको अर्थ चमत्कार भन्ने हुन्छ।
उनका नयाँ अभिभावकले ती बालिकीकी आमाको सम्झनामा उनको नाम अफ्रा राखेका छन्।
अफ्राकी दिवङ्गत आमा र धर्मआमा हलाबीच रगतको साइनो थियो। डीएनए परीक्षण गर्दा त्यो पुष्टि भएपछि हला र उनका पति खलिलले उनलाई लालनपालन गर्ने अनुमति पाएका हुन्।
विनाशकारी भूकम्प जाँदा हला पनि गर्भवती थिइन्। उनले तीन दिनपछि छोरी पाइन्। उनका अरू छोराछोरी पनि छन्।
खलिल र हलाको घर पनि भूकम्पमा भत्किएको थियो। अहिले उनीहरू आफन्तको घरमा शरण लिइरहेका छन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
- फल्टहरू के हुन् र तिनले कसरी भूकम्पलाई प्रभाव पार्छन्-
- भूकम्पपछि भग्नावशेषमा फसेका मानिस कति समयसम्म जीवित रहन सक्छन्?
- टर्कीमा किन 'भूकम्प प्रतिरोधी' भवनहरू पनि ढले
- टर्कीमा फेरि शक्तिशाली भूकम्प, दुई सातामा हजारौँ परकम्प
- एआई र टिकटक प्रयोग गरेर भूकम्प पीडितको नाममा ठगी
- सालनालसहित भग्नावशेषमुनि फेला परेकी बालिका पाल्न हजारौँ मानिस इच्छुक
- आमाको शवसँग नाभी जोडिएकी नवजात शिशु फेला परिन्