तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपालको सशस्त्र द्वन्द्व: भूतपूर्व माओवादी लडाकु भन्छन्, 'हाम्रो पीडा कसैले बुझेन'
नेपालमा माओवादीले सशस्त्र विद्रोह सुरु गरेको सम्झनामा सरकारले फागुन १ गते 'जनयुद्ध दिवस' मनाउन सार्वजनिक बिदा नै दियो।
तर नेपालको सशस्त्र द्वन्द्वमा माओवादीबाट सहभागी भएका केही पूर्वलडाकुहरूले भने आफूले राज्य र माओवादी पार्टीबाट पर्याप्त सहायता नपाएको गुनासो गरेका छन्।
लडाइँका क्रममा तत्कालीन माओवादीको छैटौँ डिभिजनका जुम्लाका अशोक तिरुवाका दुवै खुट्टामा गोली लाग्यो। गोली लागेकै कारण आफू अशक्त भएको र जीवन निकै कष्टकर बनेको बीबीसीसँगको कुराकानीमा उनले बताएका छन्।
तर कसैले पनि आफ्नो पीडा नबुझेको र औषधोपचार गर्न आफूलाई गाह्रो भएको उनी गुनासो गर्छन्।
विसं २०५२ साल फागुन १ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले तत्कालीन राज्यविरुद्ध सशस्त्र विद्रोह थालेको थियो। दश वर्ष चलेको द्वन्द्वमा कम्तीमा १७,००० जनाले ज्यान गुमाएका थिए भने कम्तीमा १,४०० जना बेपत्ता भएका थिए।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।