तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कानको मान राख्नुहोस्: कसरी १.४ अर्ब मानिसहरू आफ्नो श्रवणशक्ति खतरामा पारिरहेका छन्
साइमन बेकरले १५ वर्षसम्म डीजेका रूपमा काम गरे र त्यसो गर्दा उनले आफ्नो श्रवण शक्ति निकै गुमाए।
"मैले यदि पछाडि फर्कन पाउँथे भने म जे गरेँ त्यो गर्दिनथेँ र सङ्गीत राम्ररी सुन्ने भनेको चर्को आयतनमा सुन्ने हो भन्ने कुरा मान्दिनथेँ," उनले बीबीसीलाई भने।
साइमन मात्र एक्ला त्यस्ता व्यक्ति होइनन्। एउटा नयाँ अध्ययनका अनुसार १.४ अर्ब मानिसहरू कुनै कुरा असाध्यै चर्को सुन्ने बानी परेका कारण श्रवणशक्ति गुमाउन सक्ने खतरामा परेका छन्।
रोयल न्याशनल इन्स्टिच्यूटकी अडिओलोजी सल्लाहकार फ्र्याङ्की ओलिभर भन्छिन् "सुन्ने कुराको आनन्द लिँदै आफ्ना कान सुरक्षित राख्ने उपायहरू पनि निकै छन्।"
अनि यो पनि