तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
शिक्षा: स्कुल पढ्ने अधुरो चाहना पूरा गर्दै पाका विद्यार्थी
समयमै स्कुल पढ्न नपाएका र दिउँसो काम गर्न बाध्य भएका विद्यार्थीका लागि रातिमा पढाइ हुने विद्यालयले आफूहरूका लागि ठुलो अवसर प्रदान गरेको विद्यार्थीहरूले बताएका छन्।
काठमाण्डूको नक्सालमा रहेको नन्दी रात्रि माध्यमिक विद्यालयमा बालबालिकादेखि पाका उमेरसम्मका विद्यार्थीहरू पढ्ने गर्दछन्।
विसं २००४ सालमा स्थापना भएको भनिएको यस विद्यालयमा बेलुका पाँच बजेदेखि राति नौ बजेसम्म पढाइ हुनेगर्छ।
जसका कारण प्रायजसो दिनमा श्रम गर्ने र गृहिणीहरू पढ्न आउने गरेको विद्यालयका प्रधानाध्यापक राजेश हुमागाईँले बताए।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।