'विद्युतीय फोहोर व्यवस्थापन नगरे भयावह स्थिति आउँछ'
नेपालमा विद्युतीय फोहोर अर्थात् ई-वेस्ट बढेसँगै वातावरण तथा मानवीय स्वास्थ्यमा प्रतिकूल असर परेको विज्ञहरूले बताएका छन्।
विद्युतीय सामग्री तथा उपकरणहरूको प्रयोग बढेसँगै विद्युतीय फोहोर बढेकोले व्यवस्थापनमा चुनौती देखिएको उनीहरूको ठहर छ।
पछिल्ला दिनहरूमा बर्सेनि मोबाइल सेट मात्रै सरदर ६० लाख नेपाल भित्रिएको सरकारी आँकडा छ।
सामान्य घरायसी फोहोर व्यवस्थापनमा मात्रै स्थानीय तह तथा सरकारको ध्यान केन्द्रित रहेकोले नीतिगत सुधारमा ढिलाइ गरे भयावह स्थिति आउने विज्ञको चिन्ता छ।
केही निजी कम्पनीहरूले विद्युतीय फोहोर सङ्कलन र व्यवस्थापनमा प्रयास गरे पनि त्यो पर्याप्त नभएको बताइन्छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडियो।