फोहोरको व्यवस्थापन: 'फोहोरको स्रोतदेखि नै व्यवस्थापन नभएसम्म समस्या निरन्तर'

भिडिओ क्याप्शन सुरु हुँदैछ, फोहोरको व्यवस्थापन: 'फोहोरको स्रोतदेखि नै व्यवस्थापन नभएसम्म समस्या निरन्तर'

काठमाण्डू उपत्यकामा फोहोर नउठेपछि कैयौँ सडकमा फोहोरको थुप्रो लागेका कारण स्थानीय बासिन्दा तथा बटुवाले गुनासो गरेका छन्।

फोहोर व्यवस्थापनमा पटकपटक यस्तो समस्या दोहोरिने हुँदा शहरको सुन्दरता बिग्रिनुका साथै स्वास्थ्यमा समेत समस्या आउने गरेको उनीहरूले बताए।

काठमाण्डू महानगरपालिकाकी वातावरण विभाग प्रमुख सरिता राईले मानवीय र प्राकृतिक अवरोध नभएमा एक हप्ताभित्रै उपत्यका र टेकुस्थित ट्रान्सफर स्टेशनमा थुपारिएको फोहर व्यवस्थापन गरिने बताइन्।

उपत्यकामा दैनिक १,२०० मेट्रिक टन फोहोर उत्पादन हुने विज्ञको अनुमान छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि।