मिटर ब्याज पीडित न्याय माग्दै बालुवाटार, सरकारी कार्यदल भन्छ: 'अनुसन्धान जारी छ'

विगत एक महिनादेखि काठमाण्डूको माइतीघरमा धर्ना दिँदै आएका 'मिटर ब्याज' पीडितहरूले काठमाण्डू्को माइतीघरदेखि बालुवाटारसम्म 'किसान-मजदुर मार्च' गरेका छन्।

मिटर ब्याजीलाई कारबाहीको माग गर्दै उनीहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्न पुगेका हुन्।

उनीहरूले दोषी मिटर ब्याजी साहुहरूलाई धरौटीमा छुट्न नदिन सरकारसँग माग गर्दै सरकारी छानबिनप्रति आशङ्का व्यक्त गरेका छन्।

तर सरकारी कार्यदलका संयोजक डा भीष्मकुमार भुषालले पीडितका उजुरीमाथि अनुसन्धान जारी रहेको र कार्यदलप्रति आशङ्का नगर्न आग्रह गरेका छन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि।