चीन-ताइवान तनाव: सम्भावित हवाई आक्रमणबाट जोगिन ताइवानमा यस्तो अभ्यास

भिडिओ क्याप्शन सुरु हुँदैछ, हवाई आक्रमणबाट जोगिन ताइवानमा यस्तो अभ्यास

ताइवानमा मानिसहरूले भर्खरै मात्र सम्भावित हवाई आक्रमणबाट जोगिन सिकाइने वार्षिक अभ्यास गरे।

चीनसँगको तनाव बढिरहेकै बेला यो अभ्यास गरिएको थियो। यस्तो अभ्यास सन् १९७९ देखि नै हुँदै आएको छ।

चीनले ताइवानलाई आफ्नो छुट्टिएको प्रान्त मान्छ र पछि गाभिने बताउँछ।

अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणले चीन-ताइवान तनाव झन् चुलिएको छ।

सम्भावित हवाई आक्रमणबाट बच्नका लागि बर्सेनि गरिने अभ्यास कस्तो हुन्छ? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि