रुसः चेस खेल्ने रोबटले सातवर्षे बालकको औँला भाँचिदिएपछि...

चेस

तस्बिर स्रोत, Getty Images

Published

रुसको मस्कोमा गत साता आयोजत चेस प्रतियोगितामा एउटा रोबटले सात वर्षे खेलाडीको औँला भाँचिदिएको छ।

रुसी समाचारसंस्थाहरूका अनुसार मस्को ओपन प्रतियोगितामा यस्तो घटना भएको हो।

"रोबटले बालकको औँला भाँचिदियो," मस्को बुद्धिचाल महासङ्घका अध्यक्ष सेर्गेइ लाजारेभले तास समाचारसंस्थालाई बताए।

"यो वास्तवमै नराम्रो घटना हो।"

सोशल मिडियामा प्रकाशित भिडिओहरूमा रोबटले चेस खेल्दै गर्दा बालकले एउटा गोटी लिएको देखिन्छ।

त्यसपछि आफ्नो पालोमा गोटी चाल्न खोल्दा रोबटले बालकको औँला समाएको देखिन्छ।

चार वयस्क व्यक्ति बालकलाई मुक्त गर्न दौडेर गएका थिए। रोबटले अँठ्याएको हात छुटाएर उनीहरूले ती बालकलाई अन्तै लगेका थिए।

लाजारेभले सो रोबटले थुप्रै खेल खेलेको भए पनि यस्तो घटना यसअघि नभएको बताए।

तासका अनुसार ती बालकले पट्टी बाँधेर प्रतियोगिताको अन्तिम दिन खेलेका थिए।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, के मानिसहरू भविष्यमा काम गर्न जाँदा उड्ने कार चढ्न थाल्लान्