रोबोट्याक्सीः चिनियाँ राजधानी बेइजिङमा चालकरहित ट्याक्सी सेवालाई अनुमति
बेइजिङमा अधिकारीहरूले स्वचालित ट्याक्सी चलाउन अनुमति दिएका छन्।
रोबोट्याक्सी भनिने त्यस्ता सवारसाधनहरू राजधानीका दक्षिणपूर्वी भेगमा चलाइनेछ।
अहिले बेइजिङको यीझुआङको ६० वर्ग किलोमिटर क्षेत्रमा सो सेवा उपलब्ध छ।
यो परीक्षण सफल हुँदै गए ठूलो सङ्ख्यामा यस्ता ट्याक्सी चलाउने योजना छ।