मानिसको हस्ताक्षरको दुरुस्तै नक्कल गर्न सक्ने रोबट

भिडिओ क्याप्शन सुरु हुँदैछ, मानिसको हस्ताक्षरको दुरुस्तै नक्कल गर्न सक्ने रोबोट

मानिसको हस्ताक्षरको दुरुस्तै नक्कल गर्न सक्ने एउटा यन्त्र (रोबट) बनाइएको छ।

उक्त यन्त्रलाई कसैको हस्ताक्षर नक्कल गर्नका लागि पहिले त्यस्तो हस्ताक्षरको केही नमुना आवश्यक पर्दछ।

त्यसपछि मशिन लर्निङ एल्गोरिदमको प्रयोग गरेर सो यन्त्रले हस्ताक्षर सिक्छ र मूल हस्ताक्षरको लेखकको शैलीलाई नक्कल गर्छ।

त्यस्ता यन्त्र निर्माण गर्ने कम्पनीले तिनको प्रयोग विभिन्न कम्पनीहरू र राजनीतिक पार्टीका लागि "हस्तलिखित" चिट्ठी लेख्‍नका लागि गर्दछ।

विवाहको निम्तो लेख्‍न समेत सो यन्त्रको प्रयोग हुने गरेको छ। तर त्यस्तो यन्त्रले हस्ताक्षरविज्ञलाई समेत झुक्याउन सक्छ त?

बीबीसी क्लिकको ओमार मेहताबले तयार पारेको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि