नेपाल ऊर्जा: लोकप्रिय बन्दै विद्युतीय चुलो

नेपालमा विद्युत् आपूर्तिमा सुधार र पेट्रोलियम पदार्थमा बढ्दो मूल्यवृद्धिका कारण विद्युतीय चुलोको प्रयोग सहज हुन थालेको सम्बद्ध विज्ञ तथा विक्रेताले बताएका छन्।

सन् २०१५ को इन्धन सङ्कटका समयमा नेपालका धेरै भान्छामा प्रवेश पाएको विद्युतीय चुलोको लोकप्रियता बढ्दै गएको उनीहरूको ठहर छ।

ललितपुरकी गीता थापा मगरले पनि नाकाबन्दीको समयदेखि नै विद्युतीय चुलोको प्रयोग गर्दै आएकी छिन् र उनी यसको प्रयोगबाट सन्तुष्ट छिन्।

ऊर्जा अध्ययन केन्द्रले ग्यासको तुलनामा विद्युतको प्रयोगले खाना बनाउँदा झन्डै आधा सस्तो पर्ने आफूहरूको अध्ययनले देखाएको जनाएको छ।

तर विद्युतीय चुलोको प्रयोगसँगै विद्युत् वितरण प्रणालीको क्षमता पनि बढाइनु पर्ने केन्द्रका संयोजक प्रोफेसर अमृतमान नकर्मीको सुझाव छ।

सरकारले यस आर्थिक वर्षको बजेटमा 'एक घर, एक विद्युतीय चुलो अभियान' चलाउने घोषणा गरेको थियो।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि: