फोरेन्सिक फोटोग्राफर शेरबहादुर कार्की: 'राजपरिवार हत्याको घटनास्थल कहिल्यै बिर्सन नसकिने रहेछ'

भिडिओ क्याप्शन सुरु हुँदैछ, फोरेन्सिक फोटोग्राफी: 'राजपरिवार हत्याको घटनास्थल कहिल्यै बिर्सन नसकिने रहेछ'

नेपाल प्रहरीका अवकाशप्राप्त फोरेन्सिक फोटोग्राफर शेरबहादुर कार्की आफूले कैद गरेका सयौँ अपराधका दृश्यमध्ये दरबार हत्याकाण्डको घटनास्थल कहिल्यै बिर्सन नसक्ने बताउँछन्।

राजा वीरेन्द्र शाहको वंशनास हुने गरी भएको हत्याकाण्डको दुई दशक बिते पनि उक्त घटनास्थलमा पुगेर फोटो र भिडिओ खिचेका कार्कीले त्यो दृश्यहरू बिर्सन सकेका छैनन्।

उमेरले ७० वर्ष कटिसकेका कार्की २०३० सालमा असईका रूपमा नेपाल प्रहरीमा भर्ना भएका थिए।

उनले नेपाल प्रहरीका लागि झन्डै तीन दशक फोरेन्सिक फोटोग्राफी अर्थात् अपराधका घटनास्थल पुगेर प्रमाण सङ्कलनका लागि तस्बिर खिच्ने कार्य गरे।

हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ।

अनि यो पनि