डा. संज्ञा मल्ल: 'संयुक्त राष्ट्रसङ्घको पुरस्कार सामूहिक कार्यको नतिजा'

भिडिओ क्याप्शन सुरु हुँदैछ, प्रहरी उपरीक्षक डा. संज्ञा मल्ल भन्छिन्, 'पुरस्कार सामूहिक कार्यको नतिजा'

संयुक्त राष्ट्रसङ्घको कङ्गो मिसनमा स्वास्थ्य तथा वातावरण एकाइको प्रमुखको रूपमा कार्यरत डा. संज्ञा मल्लले राष्ट्र सङ्घले प्रदान गरेको पुरस्कारले आफू थप राम्रो काम गर्न प्रेरित भएको बताएकी छन्।

नेपाल प्रहरीकी प्रहरी उपरीक्षक डा. मल्ललाई यस वर्ष 'राष्ट्र सङ्घीय महिला प्रहरी अधिकृत २०२१' बाट पुरस्कृत गरिएको हो।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले उक्त पुरस्कारको घोषणा गर्दै मल्लले आफ्नो देश तथा समग्र राष्ट्र सङ्घको शान्ति मिसन परिवारलाई गौरवान्वित बनाएको बताएका छन्।

डा. मल्लले भने उक्त पुरस्कारलाई सामूहिक कार्यको नतिजा भनेकी छन्।

उनीसँगको कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि।