चितवन राष्ट्रिय निकुञ्ज: समातिएका बाघ राख्न 'खोर अभाव'

भिडिओ क्याप्शन सुरु हुँदैछ, चितवन राष्ट्रिय निकुञ्ज: समातिएका बाघ राख्न 'खोर अभाव'

बाघको सङ्ख्या बढेसँगै जोखिम पनि बढेकोले केही बाघ नियन्त्रण गर्नुपरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

नियन्त्रण गरिएका नरभक्षी बाघहरूलाई खोरमा राखिने र प्राकृतिक वासस्थानमा नछाडिने बताइन्छ।

तर समातिएका बाघ राख्न खोरको अभाव भएको चितवन राष्ट्रिय निकुञ्जका वार्डन हरिभद्र आचार्यले बताए।

कसरा र सौराहामा रहेका दुई खोरमा चार बाघ राखिएको र थप बाघ समातेर राख्नुपरेमा खोर अभाव हुने उनले बताए।

मानव-वन्यजीव द्वन्द्व बढ्ने क्रममा पछिल्लो ११ महिनायता बाघको आक्रमणबाट चितवन आसपासमा मात्र १६ जनाले ज्यान गुमाएको निकुञ्जको तथ्याङ्क छ।

के हो खोर?

बाघ राख्ने खोर स्थानअनुसार फरकफरक आकार र क्षेत्रफलमा निर्माण गरिन्छ।

त्यसमा बाघलाई आहारा दिने स्थान, मानिसले देख्न नसक्नेगरी सुरक्षित ठाउँ, आराम गर्ने ठाउँ तथा पानी खाने लगायतका जङ्गलजस्तो देखिने घुमफिर गर्ने संरचना रहने वार्डन आचार्यले बताए।

अहिले उपलब्ध खोरहरू एउटा घर र करेसाबारीजत्रा भए पनि अगामी दिनमा ठूला आकारको खोर बनाइने उनले बताए।

हेर्नुहोस् कमल परियार र ईश्वर जोशीले बनाएको यो भिडिओ।

अनि यो पनि