तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मोतीबिन्दु: डाक्टरहरूले कसरी जङ्गलको सिंहलाई अन्धो हुनबाट बचाए
भारतको पश्चिमी राज्य गुजरातमा पाँच वर्षे सिंहको दुवै आँखामा डाक्टरहरूले शल्यक्रिया गरेर मोतीबिन्दु निकालेपछि उसको आँखाको ज्योति फर्किरहेको छ।
गिर नामको जङ्गलको रखवारी गर्ने डाक्टरहरूले त्यही जङ्गलको सिंहले आफ्नो आहारा (शिकार) नजिकै आउँदा पनि कुनै प्रतिक्रिया नजनाएपछि के भएको हो भन्ने जान्न खोजेका थिए।
त्यसपछि उनीहरूले सिंहलाई उद्धार केन्द्रमा लगेका थिए।
जाँचेपछि सिंहका दुवै आँखामा मोतीबिन्दु भइसकेको पत्ता लाग्यो।
उनीहरूले प्राकृतिक लेन्सको सट्टा प्लास्टिकबाट बनेको लेन्स हालेर सिंहको आँखाको उपचार गर्ने तय गरे।
त्यसका लागि उनीहरूले विभिन्न अध्ययन प्रतिवेदन पढे र विज्ञहरूसँग कुराकानी गरे। उनीहरूले अर्को मरेको सिंहको पोस्टमोर्टमबाट प्राप्त भएको आँखा पनि अध्ययन गरे।
अहिले सिंह शल्यक्रियापछिको उपचारमा छ। सञ्चो भइसकेपछि उसलाई फेरि जङ्गलमा लगेर छोडिने योजना छ।