महारानी एलिजाबेथः ७० वर्षे शासनकालमा ब्रिटिश महारानीले देखेका अविश्वसनीय परिवर्तनहरू

ब्रिटिश इतिहासमा महारानी एलिजाबेथ द्वितीया सबैभन्दा लामो समय शासन गर्ने व्यक्ति हुन्। सर्वाधिक समय राजगद्दीमा बस्ने विश्वभरिका शासकमध्ये तेस्रो स्थानमा भए पनि उनी अझै पदासीन छिन्।

एलिजाबेथले राज्यारोहण गरेको ७० वर्ष पूरा भएको छ। त्यसै उपलक्ष्यमा भर्खरै विशेष उत्सव पनि मनाइएको छ।

यही सन्दर्भमा सात दशक लामो उनको शासनकालमा विश्वभरि भएका ठूला आविष्कार र प्राविधिक उपलब्धिहरूको हामीले यहाँ सिंहावलोकन गरेका छौँ।

श्यामश्वेत टेलिभिजनदेखि मोबाइल फोन र इन्टरनेटको प्रादुर्भाव अनि मानवजातिको महत्त्वाकाङ्क्षी अन्तरिक्ष योजनासम्मकी उनी जीवित साक्षी हुन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि