श्रीलङ्का आर्थिक सङ्कटः औषधि अभाव, स्वास्थ्यसेवा पनि धराशायी हुने डर बढ्दो

भिडिओ क्याप्शन सुरु हुँदैछ, श्रीलङ्कामा औषधि अभाव, स्वास्थ्यसेवा पनि धराशायी हुने डर बढ्दो

श्रीलङ्का चरम आर्थिक सङ्कटमा फसेपछि त्यहाँका अस्पतालहरूमा औषधि र अत्यावश्यक सामग्रीको अभाव हुन थालेको छ।

श्रीलङ्काको ढुकुटीबाट विदेशी मुद्रा रित्तिन थालेकाले औषधि, इन्धन र खाद्यान्न आयात रोकिएको छ। अभाव, महँगी र अन्योलबाट पीडित मानिसहरू सरकारको विरोधमा सडकमा ओर्लिएका छन्।

कलेजो प्रत्यारोपण गरिएका एक आठवर्षे बालकका आमाबुवा औषधि अभावका कारण आफ्नो छोराको ज्यान खतरामा पर्न सक्ने भन्दै चिन्तित देखिएका छन्।

श्रीलङ्का सरकारले औषधि र अन्य वस्तुको अभाव हटाउन यथासम्भव प्रयास गरिएको बताएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारत र अन्य दाताबाट सहयोग प्राप्त हुन थालेको छ।

अनि यो पनि