मास्टरसेफ कार्यक्रमका चर्चित सेफका रोजाइ: दालभात, सेलरोटी र म: म:

भिडिओ क्याप्शन सुरु हुँदैछ, मास्टरसेफ कार्यक्रमका चर्चित सेफका रोजाइ: दालभात तरकारी, सेलरोटी र म: म:

हालै नेपाल भ्रमण गरेका बीबीसी मास्टरसेफ यूके २०२० का चर्चित सेफहरूको रोजाइमा दालभात, तरकारी, सेलरोटी र म: म: परेका छन्।

नेपाली खाना, संस्कृति र पर्यटन प्रवर्द्धनका लागि नेपाल आएको उक्त टोलीले मौलिक संस्कृति र खानामार्फत पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले आफूहरू नेपाल आएको सेफ सन्तोष शाहले बताए।

सेफ शाहका साथमा सेफ एलेक्स वेब, बार्ट भान डेर ली र फिली आर्मिटेज रहेका थिए।

टोलीले काठमाण्डूका साथै जनकपुर, बर्दिया र पोखरा भ्रमण गरेर स्थानीय तथा विभिन्न समुदायका परिकार खाएका थिए।

नेपाली परिकार विशिष्ट रहेको बताउँदै उनीहरूले यहाँको स्वादले आफ्नो पाककलामा धेरै प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि