शेफ सन्तोष शाहः छोराको ख्याति देखेर आमा दङ्ग, भन्छिन्, 'बिहे हेर्ने रहर छ'

भिडिओ क्याप्शन सुरु हुँदैछ, सन्तोष शाहकी वृद्ध आमा भन्छिन्, 'छोरोको बिहे हेर्ने रहर छ'

ब्रिटेनमा प्रसारण भैरहेको पाककलासम्बन्धी टेलिभिजन प्रतिस्पर्धा मास्टरशेफ यूकेको "उत्कृष्ट चार"मा पुग्न सफल नेपाली शेफ सन्तोष शाहकी आमा सुमारीदेवी शाह छोराको सफलता र चर्चा सुनेर अहिले दङ्ग छिन्।

सानैमा बावु गुमाएका छोरा सन्तोषले पनि आफूले प्राप्त गरेको सफलतामा आमाको ठूलो हात रहेको र सफलताको श्रेय आमालाई जाने बताउँदै आएका छन्।

हाल सिराहास्थित आफ्नो घरमा रहेकी शाहकी वृद्ध आमा सुमारीदेवी भन्छिन्, "सबै राम्रो भएको छ अब छोरोको बिहे हेर्ने रहर मात्र बाँकी छ।"

शाहको बाल्यकाल, सङ्घर्ष र आमाको खुसीबारे कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस् ।

अनि यो पनि