सन्तोष शाहः 'मास्टरशेफ युकेको उपाधि नजिते पनि मन जितेँ'

भिडिओ क्याप्शन सुरु हुँदैछ, सन्तोप शाह भन्छन्, ''ट्रफी हात नपरे पनि मैले जितिसकेको छु, म दु:खी छैन''

पाककलासम्बन्धी टेलिभिजन प्रतिस्पर्धा 'मास्टरशेफ यूके'मा नेपाली शेफ सन्तोष शाहले "उत्कृष्ट तीन"मै चित्त बुझाउनु परेको छ।

ब्रिटेनका एलेक्स वेब सो प्रतियोगितात्मक टेलिभिजन कार्यक्रमका विजयी घोषित भएका छन्।

तर प्रतिस्पर्धामा राम्रो प्रदर्शन गरेर निर्णायक तथा दर्शक अनि नेपाली समर्थकहरूमा राम्रो छाप छाड्न सकेका सन्ताोष शाहले उपाधि हात नलागे पनि नेपाली खानालाई विश्वमञ्चमा प्रस्तुत गर्न सकेकोमा आफू सन्तुष्ट रहेको बताएका छन्।

बीबीसी न्यूज नेपालीसंगको कुराकानीमा उनले ब्रिटेनको उक्त लोकप्रिय टेलिभिजन कार्यक्रममार्फत "नेपाल र नेपाली खानाको प्रवर्धन गर्न पाएको र त्यो नै आफ्नो जित भएको" बताए।

केही हप्ता यता एकपछि अर्को नेपाली स्वाद र बान्कीका खाना चखाएर प्रतियोगिताका निर्णायकहरूलाई आश्चर्यमा पार्दै आएका शाहले अन्तिम प्रतिस्पर्धामा भने आफूले सोचेजस्तो खाना पस्कन नसकेको बताए।

सिराहा कर्जन्हाका ३५ वर्षीय शाहले भने, ''ट्रफी हात पार्नु मात्र जित होइन, मैले निर्णायकहरू तथा नेपालीको मन जितिसकेको छु।''

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि