रत्नमैँया डङ्गोल: स्केटबोर्ड कुदाउने ६० वर्षीया आमा

रत्नमैँया डङ्गोलले निजामती सेवाबाट अवकाश पाएपछि आफ्नो छोराको स्केटबोर्ड पसलमा समय बिताउन थालिन्।

उनले ५८ वर्षको उमेरमा स्केटबोर्ड दौडाउन पनि सिक्न थालिन्।

अहिले ६० वर्षीया डङ्गोल युवा पुस्ताको रुचि भएको स्केटबोर्ड मर्मत गर्नेदेखि नयाँ खेलाडीलाई सिकाउने काम पनि गर्छिन्।

आफ्नो छोराछोरीको इच्छाको काममा सघाउनु बाबुआमाको खुसी ठान्ने डङ्गोलको अरूलाई स्केटबोर्डमा खेल्न प्रेरणा दिने इच्छा छ।

हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।