रुसी अर्बपति रोमन अब्रामोभिच को हुन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसी अर्बपति रोमन अब्रामोभिच को हुन्

तीन वर्षको हुँदा टुहुरा बनेका रोमन अब्रामोभिच संसारका सर्वाधिक धनीमध्ये एक बन्न सफल भए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग विशेष सम्बन्ध भएकाले उनले प्रशस्त धनसम्पत्ति कमाउन सकेको आरोप अब्रामोभिचमाथि लाग्ने गरेको छ।

उनी इङ्ग्लिस फुटबल क्लब चेल्सीका मालिक पनि हुन्।

ब्रिटिश सरकारले चेल्सी फुटबल क्लब, उनको घर तथा कलाकृतिसहित यूकेस्थित उनको सबै सम्पत्ति रोक्का गरिदिएको छ।

उनी निकटस्थ स्रोतहरूका अनुसार मार्च महिनाको सुरुमा युक्रेन र बेलारुसको सीमामा आयोजित शान्तिवार्ताका बेला उनलाई विष दिइएको आशङ्का गरिएको छ। आँखा र छालामा विषको दुष्प्रभाव देखिएको दाबी गरिएको छ।

उनी अहिले निको भइसकेको बताइएको छ।

मङ्गलवार टर्कीमा रुस र युक्रेनबीच आयोजित वार्तामा उनी सहभागी भएका थिए।

अनि यो पनि