तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बिजुली गाडी: सङ्ख्या बढ्दै, 'रिचार्ज' गर्न उचित पूर्वाधारको माग
नेपालका सडकमा विद्युतीय सवारीसाधनको सङ्ख्या क्रमशः बढ्न थालेको तथ्याङ्कले देखाउँछ ।
पेट्रोलियम पदार्थको मूल्य र प्रदूषणका कारण मानिसहरू उपलब्ध विकल्पका रूपमा त्यस्ता विद्युतीय गाडीतिर आकर्षित हुन थालेका बताइन्छ।
सात महिनामा नेपालमा झन्डै १५६ अर्ब रुपैयाँको इन्धन आयात भएको तथ्याङ्कले देखाउँछ।
विद्युतीय गाडी व्यापक रूपमा प्रयोग हुने हो भने इन्धन किन्न बाहिरिने विदेशी मुद्रा जोगिने विज्ञहरू बताउँछन्।
तर सहर र राजमार्गहरूमा 'रिचार्ज' गर्ने उचित पूर्वाधार नभएकाले त्यस्ता गाडी सबैतिर पुग्न सकेका छैनन्।