युक्रेन युद्धः एउटा रुसी युद्धपोत ध्वस्त पारिदिएको युक्रेनी जलसेनाको दाबी

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुसी युद्धपोत ध्वस्त पारेको युक्रेनी जलसेनाको दाबी

युक्रेनको जलसेनाले बेर्द्‍यान्स्क बन्दरगाहमा रुसी सेनाको एउटा युद्धपोत ध्वस्त पारिदिएको दाबी गरेको छ। उक्त क्षेत्रमा रुसले कब्जा गरेको छ।

सामाजिक सञ्जालमा प्रेषित भिडिओमा केही पर ठूलो विस्फोटन भएको र आगोको लप्का उठेको देखिन्छ। उक्त पानीजहाजमा के कारणले विस्फोटन भयो र कसरी आगो लाग्यो भन्ने स्पष्ट भइसकेको छैन।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसी सेनालाई "शक्तिशाली धक्का" दिएको दाबी गरेका छन्।

उनले युक्रेनमा आक्रमण सुरु भएयता १६,००० रुसी सेनाले ज्यान गुमाएको दाबी गरे पनि रुसले आफ्ना १,३५१ सैनिकको मृत्यु भएको बताएको छ।

अनि यो पनि