एमसीसी नेपाल: सम्झौता लागु भए अमेरिकी सेना नेपाल आउने बाटो खुल्ने हो?

अमेरिकी आर्थिक अनुदान सम्झौता एमसीसी संसद्‌बाट अनुमोदन गर्ने विषय पछिल्लो समय सत्ता साझेदार दलहरूबीच नै विवादित बनेको छ।

गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्‌बाट अनुमोदन गर्न पहल गर्दै आएका छन्।

तर माओवादी केन्द्रलगायत एकीकृत समाजवादी दलका धेरैजसो नेताहरूले भने खुलेरै अहिलेकै अवस्थामा एमसीसी अनुमोदन गर्न नसकिने राय राख्दै आएका छन्।

यसै कारण बुधवार संसद्‌मा प्रस्तुत गर्ने भनिएको एमसीसी प्रस्ताव टेबुल भएन। बुधवार संसद् भवन वरपर राजनीतिक दलका कार्यकर्ताले विरोध पनि जनाए।

एमसीसी किन पारित हुनुपर्छ र किन हुनुहुँदैन भन्नेबारे विभिन्न कोणबाट कुराहरू उठिरहेका छन्। विज्ञहरू पनि एमसीसीको पक्ष र विपक्षमा विभाजित देखिन्छन्।

ती प्रश्नहरूको उत्तर खोज्नका लागि बीबीसी नेपाली सेवाका लागि नेपाल सन्दर्भ कार्यक्रमका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलसँग कुराकानी गरेका छौँ।

उनीसँगको अन्तर्वार्ता सुन्नका लागि माथि देखिएको प्लेबटन थिच्नुहोस्।