वैदेशिक रोजगार: भिजिट भिसामा यूएई पुगेका श्रमिक भन्छन्- 'दलालले झुक्क्याए'

भिजिट भिसामा दुबई पुगेका कैयन् नेपाली श्रमिकहरूले उद्धारका लागि नेपाल सरकारसँग अनुरोध गरेका छन्।

महिनौँदेखि त्यहाँ अलपत्र परेका नेपालीहरूले खानबस्न समेत अफ्ठेरो परेको र भिसा अवधिसमेत सकिएकोले आफूहरू थप समस्यामा परेको बताएका छन्।

गत वर्ष भिजिट भिसामा मात्रै झन्डै ८०,००० हजार नेपालीहरू यूएई पुगेको सरकारी तथ्याङ्क छ।

भिजिट भिसाले निम्त्याएका समस्या र समाधानबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।