त्यो उपकरण जसले पक्षाघात भएका एक व्यक्तिलाई बाबु बन्न सघायो

भिडिओ क्याप्शन सुरु हुँदैछ, पक्षाघात

डेभिड ह्मजी २२ वर्षका हुँदा एउटा दुर्घटनामा परे र उनको मेरुदण्डमा क्षति पुग्यो। १२ वर्ष अगाडि भएको त्यो दुर्घटनापछि उनलाई पक्षाघात भयो।

सन् २०१७ मा एउटा विद्युतीय उपकरण उनको मेरुदण्डमा जडान गरेएपछि त्यसको सहयोगमा उनी उभिन र विस्तारै पाइला चाल्न सक्ने भए।

उनले यो उपकरण दिनमा छोटो समयका लागि अन गर्छन् जसले उनको मांशपेशीको अभ्यास गर्न सहयोग गर्छ र हिँड्ने अभ्यास गर्न पनि सहयोग गर्छ।

उनी भन्छन्, "उपकरण 'अन' नभएका बेला पनि उनको स्वास्थ्यमा यति ठूलो सुधार भएको छ कि उनी बाबु पनि बन्न सके।"

अनि यो पनि:

यो पनि पढ्नुहोस्: