नाऊको काम गर्न यी भारतीय महिला पुरुषजस्तै बन्छिन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, नाऊका रुपमा काम गर्न यी महिलाले पुरुष जस्तो देखिने लुगा लगाउनुपरेको छ

बुवालाई पक्षाघात भएपछि घर चलाउन उनले कमाउनुपर्ने बाध्यता भयो। अनि उनले बुवाकै बिँडो थाम्ने विचार गरिन्।

महिला भएकाले अरूले नचिनून् भनेर उनले पुरुषकै जस्तो लुगा लगाइन्, रूप पनि उस्तै बनाइन् र पुरुषहरूको केश र दाह्री काटिदिन थालिन्।

परम्परागत भारतीय समाजमा उनलाई यो काम गर्न त्यति सजिलो त थिएन, तर अहिले यो नै विशेष परिचय बनेको छ।

हेर्नुहोस् उत्तर प्रदेशको कुशीनगर क्षेत्रकी नेहा शर्माबारे यो भिडिओ।

अनि यो पनि