तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तान्जानियाका किशोरी आमाहरूः 'फेरि पढ्ने अवसर पाइन्छ भन्ने सोचेकी पनि थिइनँ'
तान्जानियामा सानै उमेरमा आमा बनेका किशोरीहरू पढाइ पूरा गर्न यो महिनादेखि विद्यालय फर्किन थालेका छन्।
सन् २०१७ मा राष्ट्रपति जोन म्यागुफुलीले गर्भवती किशोरीलाई विद्यालय जान रोक लगाउने निर्णय गरेपछि हजारौँ किशोरीहरू औपचारिक शिक्षाबाट वञ्चित भएका थिए।
गत वर्षको उत्तरार्धमा राष्ट्रपति सामिया सुलुहु हसनले उक्त प्रतिबन्ध फिर्ता गरिन्। त्यसपछि किशोरी आमाहरूले आफ्नो पढाइ पूरा गर्ने अवसर पाउन लागेका हुन्।
तीमध्ये एस्नाथ पनि एक हुन्। तर उनका लागि त्यसो गर्नु सजिलो छैन।
घरमा हेरविचार गरिदिने अरू कोही नभएकाले उनी आफ्नो नानी लिएरै पढ्न जान्छिन्।
हेर्नुहोस् एउटा भिडिओ।