पृथ्वीनारायण शाहः नेपाल एकीकरण गर्दा प्रयोग भएका हतियार कस्ता छन्?

भिडिओ क्याप्शन सुरु हुँदैछ, पृथ्वीनारायण शाहः नेपाल एकीकरण गर्दा प्रयोग भएका हतियार कस्ता छन्?

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा उनको सेनाले प्रयोग गरेका केही हतियार काठमाण्डूको हनुमानढोकाको गद्दी बैठकमा प्रदर्शनीमा राख्न लागिएको छ।

हनुमानढोका सङ्ग्रहालयकी अधिकृत मायादेवी अर्यालका अनुसार ती हतियारहरू विसं २०७२ को भूकम्पपछि नेपाली सेनाको रोहवरमा भण्डारमा राखिएको थियो।

"पृथ्वीनारायण शाहले गोरखादेखि उपत्यका विजय गर्ने अवधिसम्म के कस्ता हतियार प्रयोग भए भन्ने कुरा देखाउन उनले प्रयोग गरेका हतियारहरू प्रदर्शनीमा राख्ने काम अघि बढिरहेको छ," अर्यालले भनिन्।

पृथ्वीनारायण शाहले विसं १८२५ मा काठमाण्डू विजय गरेका थिए।

सृजना श्रेष्ठले बनाएको भिडिओ हेर्नुहोस्।

अनि यो पनि