चीन: फुटबलका राष्ट्रिय खेलाडीलाई ट्याटु खोप्न प्रतिबन्ध

चिनियाँ राष्ट्रिय फुटबल खेलाडी

तस्बिर स्रोत, Getty Images

चीनले राष्ट्रिय टोलीका लागि फुटबल खेल्ने खेलाडीहरूलाई ट्याटु खोप्न प्रतिबन्ध लगाउँदै ट्याटु भएका खेलाडीहरूलाई त्यो हटाउन निर्देशन दिएको छ।

चिनियाँ खेलकुद प्रशासन कार्यालयले राष्ट्रिय स्तर र युवा टोलीमा ट्याटु भएका नयाँ खेलाडीहरू राख्न कडा प्रतिबन्ध लगाएको जनाएको हो।

कार्यालयले समाजमा राम्रो उदाहरण प्रस्तुत गर्न यस्तो प्रतिबन्ध लगाइएको जनाएको छ।

जाङ लिन्पेङ जस्ता राष्ट्रिय खेलाडीहरूलाई यसअघि नै आफ्नो ट्याटु छोप्न भनिएको थियो।

निर्देशन

चीनले सन् २०१८ देखि नै टिभीमा ट्याटु देखिनबाट रोक्न नयाँ निर्देशनहरू जारी गर्न थालेको हो।

त्यसयता केही व्यावसायिक खेलाडीहरूले ट्याटु छोप्न लामो बाहुला भएको जर्सी प्रयोग गरिरहेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'ब्रा ट्याटू'ले ल्याएको परिवर्तन

एक विज्ञप्तिमा चीनको जनरल एड्मिनिस्ट्रेसन अफ स्पोर्टसले ट्याटु भएका राष्ट्रिय खेलाडीहरूलाई ट्याटु हटाउन सुझाव दिइएको जनाएको छ।

"विशेष अवस्थामा प्रशिक्षण र प्रतियोगिताको समयमा ट्याटु छोप्नु पर्छ," विज्ञप्तिमा भनिएको छ।

किन त्यसो गरियो?

चिनियाँ संस्कृतिमा ट्याटुलाई राम्रो मानिन्न।

विगतमा ट्याटुलाई अपराधीहरूको चिन्ह मानिन्थ्यो भने पूर्वी एशियामा यसलाई साङ्गठनिक अपराध समूहहरूसँग जोडिन्छ।

चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले ट्याटुलाई राम्रो मान्दैन तर त्यहाँ हालैका दिनहरूमा ट्याटु लोकप्रिय हुन थालेको छ।

यो वर्षको सुरुमा चीनको प्रसारण निकायले अस्वास्थ्य सामग्रीमाथि कडाइ गर्ने जनाएको थियो।

टेलिभिजन र इन्टरनेटमा खेल व्यक्तित्वहरूलाई ट्याटु र पुरुषहरूले कपाल बाँधेर आउन मनाही गरिएको थियो।

केही कार्यक्रममा ट्याटु र पुरुष खेलाडीले बाटेको कपाललाई नचिनेर बनाइएको थियो।

गत डिसेम्बरमा महिला विश्वविद्यालयको एउटा फुटबल खेल खेलाडीहरूको रङ्गाइएको कपालका कारण रद्द गरिएको थियो।

सो खेलका आयोजक न्याश्नल युथ क्याम्पस फुटबल लिगले त्यति बेला एक विज्ञप्तिमा लेखेको थियो: "सबै स्तरका खेलाडीहरूले ट्याटु खोप्न, कपाल रङ्गाउन, वा अन्य कुनै सामग्री लगाउन पाइँदैन, अन्यथा उनीहरू प्रतियोगिताका लागि अयोग्य हुन्छन्।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, ट्याटू बनाउँदा सुरक्षामा ध्यान