राप्रपा महाधिवेशन: अध्यक्षमा लिङ्देन विजयी, पूर्व राजा ज्ञानेन्द्र पनि विवादमा तानिए

राजेन्द्र लिङ्देन

तस्बिर स्रोत, AFP

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा राजेन्द्र लिङ्देन विजयी भएका छन्।

राप्रपाको महाधिवेशनमा निर्वाचन प्रमुख हरिबहादुर बस्नेतले बताए अनुसार लिङ्देनले २०० मतले आफ्ना प्रतिस्पर्धी तथा लामो समय अध्यक्ष रहँदै आएका कमल थापालाई पराजित गरेका हुन्।

गत बुधवारदेखि काठमाण्डूमा शुरू भएको महाधिवेशनमा नेतृत्वका लागि भएको मतदानको परिणाम आज प्राप्त भएको हो।

पार्टी प्रवक्ता मोहनबहादुर श्रेष्ठले जनाए अनुसार लिङ्देनले १,८१७ मत प्राप्त गरेका छन् भने थापाले १,६१७ मत प्राप्त गरेका छन्।

कुल मतदाता करिब ३८ सय रहेका थिए। त्यसमध्ये ४३१ मत बदर भएको श्रेष्ठले बताए।

विजयी भएपछि लिङ्देनले के भने?

आफ्ना कार्यकर्ता माझ गरेको सम्बोधनका क्रममा अध्यक्ष निर्वाचित लिङ्देनले राप्रपामा अब कुनै गुट नरहेको टिप्पणी गरे।

"जित्नै पर्ने बाध्यताकाबीच भएको प्रतिस्पर्धाले पार्टीमा चिरा पर्ने आशङ्काहरू रहे पनि" आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक बताउँदै उनले भने, ''अब आजबाट हामी सबै एक छौँ। कोही कुनै पक्षका छैनौँ।"

राजेन्द्र लिङ्देन

तस्बिर स्रोत, MOhan Shrestha/Facebbok

अध्यक्षका प्रत्यासी नेता कमल थापासँगको प्रतिस्पर्धा कुनै पनि प्रकारको विरोध वा विद्रोह नरहेको उनले दोहोर्‍याए।

''म आज पनि भन्न चाहन्छु कि यो कुनै नेता र व्यक्तिको विरुद्धको विरोध र विद्रोह होइन। राष्ट्रिय प्रजातन्त्र पार्टीको जीवनका लागि मात्रै होइन, राप्रपाले लिएको मुद्दाको जीवनको लागि समेत अनिवार्य र अपरिहार्य कदम थियो। राप्रपालाई हिजोको दिनको जस्तै गतिहीन र निष्क्रिय बनाएर लैजाने छुट हामीलाई थिएन,'' उनले भने।

''त्यस कारण राप्रपालाई मात्रै होइन, अझ त्यो भन्दा बेसी यसको मुद्दालाई समाप्त हुन नदिनको लागि हामीले बाध्यकारी कदमका रूपमा नेतृत्व परिवर्तनलाई लियौँ र अहिले हामी अनेक आशङ्का र अनेक प्रकारका प्रतिकूलताका बाबजुद यो काममा सफल भएका छौँ।''

कमल थापाले सामाजिक सञ्जाल मार्फत् आफ्नो हार स्वीकार गरेका छन्।

उनले ट्वीट गर्दै 'दरबारले खेलेका कारण आफूले हारेको बताएका छन्।'

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

थापाले लिङ्देनलाई बधाइ समेत दिएका छन्।

दरबारप्रति थापाको आक्रोश:

पराजित भएपछि कमल थापाले ट्वीटमा 'मुलुक गणतन्त्रमय हुँदा शिरमा कात्रो बाँधेर राजसंस्था बोकेर हिँडेको पुरस्कार पाएको' भन्दै आक्रोश व्यक्त गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

महाधिवेशन अघि नै थापाले आफूलाई शाह दरबारले समर्थन नगरेको प्रकारको अभिव्यक्ति दिएका थिए।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

राप्रपा र राप्रपा संयुक्तबीच २०७६ फागुनमा भएको एकतापश्चात् पार्टीको यो पहिलो महाधिवेशन हो।

राप्रपाले महाधिवेशनमा चार हजार जनाभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको बताएको छ।

महाधिवेशनको सुरुमा लिङ्देनले के भनेका थिए?

गत हप्ता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता लिङ्देनले पछिल्लो समय राप्रपामा आवश्यक गतिविधि हुन नसकेको बताउँदै पार्टी नेतृत्व परिवर्तनमा जोड दिएका थिए।

आफ्नो दलको एजेन्डा लोकप्रिय भए पनि पार्टी प्रभावकारी रूपमा देखिन नसकेको असन्तुष्टि उनले पोख्दै उनले भनेका थिए, ''पार्टी एकीकरण घोषणा सभामा मैले भनेको थिए कि तपाईँहरूका निमित्त (पार्टी अध्यक्षहरूलाई) सच्चिने र सच्चाउने अन्तिम मौका हो भनेर। तर यो दुई वर्षको पार्टीको गति हेर्दा, पार्टीको चल्ने शैली हेर्दाखेरि अब यो पार्टी यही ढङ्गले यही कार्यशैलीबाट अगाडी बढ्ने हो भने के हुन्छ सबैलाई थाहा छ।''

अध्यक्ष पदमा दोहोरिन चाहेका नेता थापालाई लिङ्देनको आग्रह थियो, ''समयको पदचापलाई बुझ्नुस्। समयको पदचापलाई बुझेर राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तपाईँहरू अघि बढ्ने बाटो खोलिदिनुस्। ''

लिङ्देनले हिन्दु राष्ट्र र राजसंस्था पुनस्थापनाको मुद्दा आफूले राम्रोसँग बोक्न सक्ने दाबी गत बुधवार भएको उद्घाटन सत्रमा गरेका थिए।

अन्य पदमा के भयो?

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार खुलातर्फमा उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित भएका छन्। उनले २,५२१ मत प्राप्त गरेको श्रेष्ठले जानकारी दिए।

त्यस्तै महिला उपाध्यक्षमा १,५८९ मत प्राप्त गर्दै रोशन कार्की विजयी भएकी छन्।

खुला तर्फबाट महामन्त्रीमा धवलशम्सेर राणाले बाजी मारेका छन्। उनले २,२२१ मत प्राप्त गरेको श्रेष्ठले जानकारी दिए।

खुला तर्फकै महामन्त्री पदका अर्का उम्मेदवार भुवन पाठक १,७०५ मत प्राप्त गर्दै विजयी भएका छन्।

महिला महामन्त्रीमा प्रत्याशी नायिका रेखा थापालाई पराजित गर्दै कुन्ती शाही विजयी भएको विवरण सार्वजनिक भएका छन्।

निर्वाचन आयोगले विजयी उम्मेदवारहरूको नाम घोषणा गरिसकेको तर प्रमाणपत्र वितरण अनि शपथ ग्रहणको कार्य भने दिउसो १ बजे गरिने जानकारी श्रेष्ठले दिए।