तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इरानः लुकीलुकी हेभी मेटल सङ्गीतमा लागेका छन् केही महिला
इरानमा सन् १९७९ मा भएको इस्लामिक क्रान्तिदेखि पाश्चात्य पप सङ्गीतमा प्रतिबन्ध लागेको छ। तर अहिले त्यहाँ 'हेभी मेटल म्यूजिक' लोकप्रिय हुन थालेको देखिन्छ।
कोर्रा खाने डर वा लामो जेल सजाय हुने जोखिम भए पनि गुप्त रूपमा उक्त विधाको सङ्गीत फैलिरहेको छ। उक्त सङ्गीतका पारखीहरू भूमिगत स्थानमा साङ्गीतिक कार्यक्रम गर्छन्।
महिलालाई इरानमा गीत गाउन प्रतिबन्धजस्तै छ। उनीहरू सामूहिक रूपमा वा महिलाको टोलीमा मात्र सार्वजनिक स्थानमा गीत गाउन पाउँछन्।
तथापि त्यहाँको हेभी मेटल सङ्गीतका दिग्गजमा केही महिलाहरू पनि पर्छन्।
'फर्बिडन टु सी अस स्क्रीम इन तेहरान' नामक एउटा छोटो चलचित्रमा इरानमा गायिकाहरूले बेहोर्नुपर्ने जोखिमलाई देखाइएको छ। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि