स्पेस टेलिस्कोपः दूर अन्तरिक्षको अन्वेषण गर्न समुद्री जीव लोब्स्टरबाट प्रेरणा

ब्ल्याक होलको उत्पत्तिजस्ता भव्य खगोलीय घटनाहरूको अध्ययन गर्न स्पेस टेलिस्कोप प्रयोग गरिन्छ।

केही समयअघिसम्म स्पेस टेलिस्कोपको क्षमता सीमित भएकाले तिनबाट अनपेक्षित खगोलीय घटना पत्ता लगाउन कठिन हुन्थ्यो।

समुद्रभित्र अँध्यारो भागमा बस्ने जीव लोब्स्टरको आँखाको अनुकरण गर्दै वैज्ञानिकहरूले नयाँ खालका एक्सरे टेलिस्कोपहरू बनाएका छन्।

त्यस्ता टेलिस्कोपहरूले ब्रह्माण्डको विशाल भागको अन्वेषण गर्न सघाउँछन्।

अनि यो पनि