तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सङ्गीतः एकै पटक चार वटासम्म बाजा बजाउने रोल्पाका यी कलाकार
रोल्पा जिल्लाका ३३ वर्षीय टेकबहादुर पुन मगर एकै पटक चार वटासम्म बाजाहरू बजाउँदै नेपालका गाउँबस्ती घुम्ने गर्छन्।
उनी 'वान म्यान वान ब्यान्ड नेपाल' अर्थात एकल सांगितिक समूह भनेर आफूलाई चिनाउन साङ्गीतिक यात्रामा रहेको बताउँछन्।
"झन्डै १० वर्षको विदेश बसाइपछि सङ्गीतमा केही गर्नुपर्छ भन्ने लाग्यो र अझै राम्रोसँग बुझ्ने कोसिस गरेँ। मेरो चाहना पूरा गर्छु भन्ने अठोटले गर्दा अहिले फेरि नेपाल फर्केर 'वान म्यान वान ब्यान्ड' लाई अगाडि बढाउने कोसिस गरेको छु," उनले बीबीसी न्यूज नेपालीलाई भने।
भिडिओ स्टोरीः सृजना श्रेष्ठ