गुजरातको खाडीमा चरन मासिँदा 'पौडी खेल्न सक्ने' दुर्लभ ऊँट लोप हुने जोखिममा

भारतको गुजरात राज्यको कच्छ जिल्लाको खाडीमा दुर्लभ खाराई जातको ऊँट पाइन्छ।

यी ऊँटहरू पानीमा पौडिएर ससना बलौटे टापुमा उम्रिएका बुट्यान चर्न जान्छन्।

तर नुन उत्पादन गर्ने कारखानाका कारण यी ऊँट ठूलो जोखिममा परेका छन्।

त्यस्ता उद्योगले समुद्रको ज्वारभाटा छेक्ने काम गरेकाले ऊँटको चरन क्षेत्र मासिने डर बढेको छ भने कारखाना भएको क्षेत्रवरपर बिजुलीको तारबाट करेन्ट लागेर पनि ऊँटहरू मर्ने गरेका छन्।

अहिले कच्छमा केवल १,८०० वटाजति खाराई ऊँट बाँकी छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि