तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल राष्ट्र ब्याङ्क: 'झुत्रा नोटलाई पहिला भट्टीमा खरानी बनाइन्थ्यो, अब आम्दानी गरिन्छ'
नेपाल राष्ट्र ब्याङ्कले झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई भट्टीमा खरानी बनाउने प्रचलनलाई अन्त्य गर्दै त्यसबाट इन्धनको रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालेको छ।
चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई जलाउँदा वातावरण प्रदुषण हुने र ठूलो जनशक्ति प्रयोग हुने भएकोले त्यसको विकल्पमा आम्दानी समेत गर्न सकिने प्रविधि भित्र्याइएको ब्याङ्कले जनाएको छ।
ब्याङ्कको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालका अनुसार राष्ट्र ब्याङ्कले प्रतिवर्ष सरदर ४०-४५ अर्ब रुपैयाँ बराबरका नोट नष्ट गर्दै आएको थियो।
हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ।