तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अफगानिस्तान द्वन्द्व: काबुलका नेपालीको आफन्तको आग्रह, 'छिटो घर फर्काइदेऊ'
तालिबान लडाकुहरूले अफगानिस्तानमा नियन्त्रण कायम गरेपछि त्यहाँ रहेका आफ्ना आफन्तको स्थिति र उद्धार कार्यमा भइरहेको अन्योलप्रति नेपालस्थित आफन्तले चिन्ता व्यक्त गरेका छन्।
सन् २०१७ यता अफगानिस्तानमा सुरक्षा गार्डका रूपमा कार्यरत भाइ कमलदीप भारतीलाई रुपन्देहीमा रहेका दाजु लोकराज भारतीले यथाशीघ्र उद्धार गरिदिन सरकारसमक्ष आग्रह गरेका छन्।
कमलदीपले हालसम्म सुरक्षित नै रहेको भए पनि त्यहाँ निम्तिन सक्ने खतराले आफूलगायत कैयन् नेपाली कामदार अन्योलमा रहेको बताए।
अफगानिस्तानमा रहेका कमलदीप र रुपन्देहीमा रहेका उनका दाइसँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।