तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ब्रिटिश गोर्खाः लन्डनमा अनशनरत गोर्खा सैनिकको प्रश्न, 'बर्दी उस्तै, हतियार एउटै तर सुविधामा किन भेदभाव?'
गत शनिवारदेखि लन्डनमा आमरण अनशन गर्दै आएका भूतपूर्व गोर्खा सैनिकहरूले रहरले नभई बाध्यताले आफूहरूले आन्दोलन गर्नुपरेको बताएका छन्।
ब्रिटिश सेनाबाट सेवानिवृत्त सैनिकले "गोर्खा राइट्स म्याटर" भन्दै सुरु गरेको अभियानलाई कैयौँ ऐक्यबद्धता जनाएका छन्।
सन् १९९७ भन्दा पहिला ब्रिटिश सेनाबाट सेवानिवृत्त गोर्खा सैनिकहरूले पेन्सन लगायतका विषयमा आफूहरूलाई भेदभाव गरिएको बताउँदै आएका छन्।
अभियानकर्मीहरू ज्ञानराज राई, धन गुरुङ र पुष्पा राना घलेले आमरण अनशनमा सहभागी भएका छन्।
ब्रिटिश प्रधानमन्त्रीको कार्यालयनजिकै अनशन बसेका उनीहरूको त्रिपाल मङ्गलवार ब्रिटेन प्रहरीले "कानुनविपरीत" भएको भन्दै हटाइदिएको छ।
लन्डनस्थित बीबीसी संवाददाता गगन सभरवालले भूतपूर्व गोर्खा सैनिकहरूका मागबारे उनीहरूसँगको कुराकानीका आधारमा तयार एक भिडिओ।
अनि यो पनि