मेलम्ची: ठूला परियोजना थाल्दा कस्ता विषयमा ध्यान पुर्याउनुपर्छ?

काठमाण्डूबासीले मेलम्चीको पानी आउला र पिउँला भने राखेको अभिलाषा पछिल्ला प्राकृतिक विपद्ले अन्योलतर्फ धकेलिदिएको छ।

उक्त आयोजनामा पुगेको क्षति एउटाभन्दा बढी प्रकोपका कारण भएको प्रारम्भिक अध्ययनहरूले देखाएका छन्।

ठूलो समय र लागत खर्चिएको मेलम्ची खानेपानी परियोजनामा पछिल्लो समयमा भएको क्षतिलाई कतिपयले खतराको घन्टी भनेका छन्।

पछिल्लो घटनाले विकास परियोजना निर्माणका लागि कस्ता चुनौती खडा गरेका छन्?

भावी दिनमा कसरी सुरक्षित परियोजना बनाउन सकिन्छ?

यिनै विषयमा हामीले जलाधारविद् मधुकर उपाध्यायलाई साप्ताहिक नेपाल सन्दर्भका लागि कुरा गरेका छौं।

उनीसँगको कुराकानी सुन्नका लागि माथिको लिङ्कमा जानुहोस्।