कोभिड नेपाल: कोरोना भाइरस महामारीबाट भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरू पनि प्रभावित, सहयोगको पर्खाइमा

नेपालका विभिन्न दुर्गम स्थानमा कोभिड-१९ पुगेको छ। छ वर्षअघि नेपालमा आएको विनाशकारी भूकम्पको केन्द्रबिन्दु मानिएको गोरखा जिल्लाको बारपाक गाउँमा पनि धेरै मानिसहरू कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

बारपाकका धेरै मानिसले ब्रिटिश सेनामा सेवा गरेका छन्। तर कोभिडबाट नराम्ररी प्रभाभित यो गाउँका भूतपूर्व ब्रिटिश गोर्खा सैनिक र तिनका परिवारजन अहिले सहायताको पर्खाइमा छन्।

भूतपूर्व ब्रिटिश सैनिक र तिनका परिवारलाई सहयोग गर्ने यूकेस्थित गुर्खा वेलफेअर ट्र्स्ट नामक संस्थाका अनुसार अहिले ब्रिटिश सेनाबाट निवृत्त भएका भूतपूर्व गोर्खा सैनिक र तिनका विधवा गरेर २०,००० जनाभन्दा बढी नेपालमा छन्।

अहिलेसम्म ५८ जनाको कोभिडका कारण मृत्यु भएको जानकारी आफूसँग भएको उक्त संस्थाले जनाएको छ।

हेर्नुहोस् बीबीसीकी रजिनी वैद्यनाथनले कोभिडबाट प्रभावित बारपाक गाउँ गएर बनाएको यो भिडिओ।

यो पनि हेर्नुहोस्