तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बुवासँग सिकेर सर्प उद्धार गर्ने खुस्बु भण्डारी
चितवनकी १८ वर्षीया खुस्बु भण्डारी घरघरबाट सर्पको उद्धार गर्छिन्। उनका बुवा यमलाल भण्डारीले उनलाई सर्प उद्धार गर्न सिकाइरहेका छन्।
"केटी मान्छे भएर पनि किन यस्तो काम गरेको भनेर धेरैले भन्ने गर्नुहुन्छ। छोरी मान्छेले यस्तो गर्न सक्दैनन्, डराउँछन् भन्ने कुराले गर्दा भेदभाव हुने गरेको छ। त्यो भेदभावलाई अन्त्य गर्नको लागि छोरी मान्छेलाई मौका दिने हो भने जुनसुकै कुरा पनि गरेर देखाउन सक्छन्," खुस्बुले बीबीसीसँग भनिन्।
उनी तीन छोरीमध्ये जेठी हुन्। बुवाकै कामको कारणले आफ्नो आत्मबल बढेको उनी बताउँछिन्।
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
अनि यो पनि