आवाज: के तपाईँ आफैँले आफ्नो आवाज अझै आकर्षक बनाउन सक्नुहुन्छ

महिला

तस्बिर स्रोत, Getty Images

    • Author, विलियम पार्क
    • Role, बीबीसी फ्युचर

केही व्यक्तिको आवाज अन्यको तुलनामा अधिक आकर्षक हुन्छ।

लबज हामीले अन्य मानिसहरूबारे आकलन गर्ने एउटा माध्यम हो।

आकर्षक आवाजयुक्त वक्तालाई सक्षम, दयालु र विश्वासयोग्य ठानिन्छ।

त्यसले बदलामा एउटा "हलो इफेक्ट" अर्थात् "प्रभामण्डल प्रभाव" उत्पन्न गर्छ, जहाँ हामी असल मान्छेहरूलाई अझ बढी आकर्षक देख्छौँ।

त्यसो भए केले केही लबजलाई आकर्षक बनाउँछ त?

आवाज

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, जागिरका लागि अन्तर्वार्तामा आवाजको पनि प्रभाव पर्नसक्छ

एकखाले आवाजको विशेषता हुन्छ, जसले सबैलाई काम गर्छ जस्तो देखिन्छ चाहे उनीहरू जहाँसुकैका हुन्।

"जुनसुकै संस्कृति होस्, कुनै पनि महिला जापान वा अमेरिका वा फ्रान्स वा विश्वको जुनसुकै स्थानबाट आएका हुन्- उनीहरू गहिरो आवाज भएको पुरुषलाई मन पराउँछन्," मन्टपेलियर विश्वविद्यालयकी भाषा विज्ञानकी सोधकर्ता मेलिसा बर्कत-डेफ्रादास भन्छिन्।

गहिरो आवाजयुक्त पुरुषप्रतिको यौनिक प्राथमिकताबारे एमजनदेखि तान्जानियका आदिवासी तथा अन्य पश्चिमी र गैरपश्चिमी उदाहरणहरूको विवरण लिइएको थियो।

मानिसहरू गहिरो आवाजलाई सिकारी क्षमता, करिअरमा सफलता र शक्तिसँग जोडेर हेर्छन्।

हामी गहिरो आवाज भएका राजनीतिज्ञहरूलाई अधिक गम्भीर र चुनिनसक्ने व्यक्तिका रूपमा मान्छौँ, चाहे ती जुनसुकै लिङ्गका हुन्।

मधुर आवाज भएका जागिर खोज्ने महिला वा पुरुषहरूले जागिर पाउने सम्भावना पनि बढी हुन्छ।

किशोरावस्थाका क्रममा महिला र पुरुष दुवैको स्वरमान कम हुन्छ।

तर कुनै पनि पुरुषको आवाजको स्वरमान जीवनभरि कस्तो हुन्छ भन्ने सात वर्ष हुँदाका बेलाको उसको आवाजलाई आधार मानेर धेरै हदसम्म अनुमान गर्न सकिन्छ।

बालबालिकाको पूर्व-यौवनावस्थाको स्वरमान उनीहरूको पौढावस्थाको स्वरमान अनुमान गर्ने उपयुक्त आधार हो।

स्वरमानको सम्बन्ध टेस्टोस्टेरोनको अवस्थासँग हुन्छ।

आवाज

तस्बिर स्रोत, Getty Images

विकासवादी दृष्टिकोणबाट हेर्दा बलिया पुरुषहरू धेरैको यौनिक रोजाइमा पर्छन्।

तर पुरुषहरूले रोज्ने महिलाबारेको कुरा अलि जटिल छ।

लामो समयसम्म पुरुषहरूले उच्च-स्वरमानयुक्त महिलाहरू मन पराउँछन् भन्ने सोचिन्थ्यो।

तर गहिरो आवाज भएका महिलालाई अधिक सक्षम रूपमा हेरिन्छ।

के हामी आफ्नो स्वरमानलाई आफ्नो आवश्यकता अनुसार हेरफेर गर्न सक्छौँ?

महिला

तस्बिर स्रोत, Getty Images

कुनै भेटघाटका क्रममा छन्द वा लयबद्ध अवस्थामा प्रवेश गर्दा हामी आफ्नो स्वरमानलाई उनीहरूको जस्तै बनाएर समायोजित गर्न खोज्छौँ।

मनोरञ्जन गर्ने खालका संवाद हुँदा पनि हामी हाम्रो स्वरमानलाई एकै खाले बनाउँछौँ।

लियोन विश्वविद्यालकी जैविक ध्वनीविद् कटाजिना पिसाइन्सकीका भनाइमा महिलाहरू सामान्यतया राम्रो संवादलाई प्राथमिकता दिन्छन्।

हाम्रो स्वरमानलाई कम गर्ने वा ठूलो बनाउने भन्ने कुरा हाम्रो प्रेमिल भेटघाट (डेट) लाई कति आकर्षक बनाउने भन्ने एउटा सङ्केत हुनसक्छ।

र, यसले अन्य व्यक्तिलाई हामीप्रति अझ बढी आकर्षण गर्छ।

हामी हाम्रो स्वरमानलाई अन्य व्यक्तिलाई बहकाउन प्रयोग गर्न सक्छौँ।

स्पीड डेटिङका क्रममा एक पुरुषसँग कुरा गर्दै महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कसैलाई हामीले आकर्षक देख्यौँ भने हामी आवाज परिवर्तन गर्छौँ

त्यसमा एउटा अपवाद भनेको के हो भने कहिलेकहीँ महिलाले कुनै पुरुषलाई आकर्षक देखिन् भने उनको स्वरमान यसै पनि तल झर्छ।

स्पीड डेटिङ भनिने जोडीहरू मिलाउने एउटा अवस्थामा निकै चर्चित पुरुषसँग उनीहरूको भेट हुँदा केही महिलाहरूले आफ्नो आवाजलाई निकै नरम बनाए।

उक्त अध्ययनको नेतृत्व गरेकी पिसाइन्सकी त्यस्तो प्रतिक्रियालाई "राजनीतिज्ञहरूले आफ्ना अन्य प्रतिस्पर्धीभन्दा आफू गम्भीर देखाएको जस्तै" भनेर व्याख्या गर्छिन्।

जब हामी कुनै राम्रो संवादमा हुन्छौँ हाम्रो ध्वनी उक्त व्यक्तिको ध्वनीसँग मिसिन पुग्छ तर जब हामी कसैलाई आकर्षक पाउँछौँ हाम्रो आवाज मसिनो बन्नसक्छ।

पिसाइन्सकीका अनुसार मानिसमा असाधारण आवाजको सीमा हुने र नक्कली आवाज निकाल्नेहरूलाई सहजै पहिचान गर्न सकिने बताउँछिन्।

उनले एउटा अप्रकाशित सोधलाई उल्लेख गर्दै यो जानकारी दिएकी हुन्।

सायद आफू सक्षम छु भन्ने देखाउनका लागि हुनुपर्छ अमेरिकी युवतीहरूमा "भोकल फ्राई" लोकप्रिय बनेको छ।

"भोकल फ्राई" भनेको यस्तो अवस्था हो जसमा हाम्रो स्वरमान प्राकृतिक रूपको भन्दा निकै तल झर्छ र यो सुन्दा पनि खस्रो सुनिन्छ।

तर यसले सधैँ राम्रो गर्न सक्छ भन्ने उनलाई लाग्दैन।

केही अध्ययनहरूले यस्तो आवाज बनाउने महिलाहरू काममा कम गम्भीर हुन्छन् भन्ने ठान्नेहरू धेरै रहेको देखाएका छन्।