तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जनमत सङ्ग्रह, राजसंस्था र कम्युनिस्ट सत्ताबारे नेत्रविक्रम चन्दको ताजा धारणा
पूर्वमाओवादी नेता नेत्रविक्रम चन्दले अहिलेको संसदीय व्यवस्थाबारे जनमत सङ्ग्रहमा जान प्रमुख दलहरूलाई चुनौती दिएका छन्।
कतिपयले जनमत सङ्ग्रह गर्नेतिर लाग्दा गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता जस्ता विषयहरू समेत एजेन्डाको रूपमा आउने विश्लेषण गर्छ। त्यसो हुँदा अहिलेका परिवर्तन उल्टिन सक्ने उनीहरूको चिन्ता पाइन्छ।
तर निर्वाचन आयोगमा दर्ता नभएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव चन्दले भने, "त्यो त संसद्वादी पार्टीहरूको असफलता ढाकछोप गर्ने बहाना मात्र हो, जनताप्रति विश्वास गर्नु पर्यो नि।"
अहिलेको अवस्थामा अन्त्य भइसकेको राजसंस्था फर्किन आउने कुरा कल्पनासम्म गर्न नसकिने उनको दाबी छ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सहमतिपछि चन्दको दलका गतिविधिमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरिएको छ।
'शहीदको रगतप्रति प्रचण्डले गद्दारी गरेको' आरोप लगाउँदै मोहन वैद्यको नेतृत्वमा उनी माओवादीबाट अलग भएर नयाँ पार्टीमा लागेका थिए।
तर पछि वैद्यले पनि 'क्रान्ति नगर्ने' निचोड निकाल्दै चन्दले छुट्टै पार्टी बनाएका छन्। उनको पार्टी हिंसात्मक गतिविधिमा लागेपछि सरकारले प्रतिबन्ध लगाएको थियो।
चन्दको दलको हिंसाका कारण केही निहत्था मानिसहरू र प्रहरी मारिएका थिए भने प्रहरीको गोली लागेर उनका कार्यकर्ताहरू पनि मारिएका छन्।
उनै नेता चन्दसँग बीबीसीले गरेको कुराकानी तस्बिरमा रहेको प्ले बटन थिचेर सुन्नुहोस्।